एसियाली खेलकुदको भव्य उदघाटन


काठमाडौं, (नेस)
एसियाली खेलकुदको १८औं संस्करण इन्डोनेसियाको राजधानी जाकार्तामा शनिबार भव्य उदघाटन भएको छ । जेराला बङ कार्नो रंगशालामा आयोजक राष्ट्र इन्डोनेसियाका राष्ट्रपति जोको विदोदोले एसियाली खेलकुदको उदघाटन गरेका हुन् । उनी मोटरसाइकलमै आएर उदघाटन गरेका थिए ।

एसियाका ४५ राष्ट्रका करिब ११ हजार खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । नेपालले प्रतियोगितामा २९ खेलमा १ सय ८५ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । यसपटक एसियाडमा नयाँ खेलको रुपमा समावेश पाराग्लाइडिङ र स्केटिङमा पनि नेपालले भाग लिएको छ । नेपालले गरिएको मार्च पाशमा भारोत्तोलन खेलाडी कमलबहादुर अधिकारीले नेपालको झण्डा बोकेका थिए ।

नेपालले आइतबार फुटबलमा अन्तिम खेल, भलिबल, कुस्ती, टेनिस, तेक्वान्दो, ब्याडमिन्टनमा प्रतिस्पर्धा गर्नेछ ।