दूध किसान आन्दोलित

0
Shares

गणेश घिमिरे, इलाम
दुग्ध विकास संस्था (डीडीसी) ले चितवन र मकवानपुरमा मात्र दूधको मँल्य बढाएपछि इलामका दुग्ध किसान रुष्ट भएका छन् । अतिरिक्त मँल्य भनेर संस्थानले गोप्य रुपमा दुईवटा जिल्लामा मात्र दँधको मूल्यवृद्धि गरिँदा इलामसहित अन्य देशभरका लाखौं कृषक ठगिएको दुग्ध उत्पादक सहकारी संघ इलामका अध्यक्ष हेम कट्टेलले बताउनुभयो ।

‘संस्थाले एकलौटी ढंगले दुईवटा जिल्लामा मात्र दूधको मँल्य बढाएको थाहा पायौ,ं’ अध्यक्ष कट्टेलले आक्रोस पोख्दै भन्नुभयो–‘ डीडीसीले दुईवटा जिल्लामा मात्र दूधको मँल्य बढायो, अरु जिल्लामा उत्पादित दूधको मँल्य नबढाउनुले डीडीसीसमाथि धेरै शंका उत्पन्न भएको छ ।’

दुग्ध उत्पादक किसानले देशभरी नै दँधको मँल्यमा एकरुपता कायम गर्न माग गरेका छन् । पाउडर दँध आयात गरेर नेपालमा उत्पादित दूधलाई विस्थापित गर्दै मिल्क होलिडे गर्न खोजेको कृषकले आरोप लगाउँदै आएका छन् । पाउडर दूध आयातमा सरकारले नियन्त्रण गर्नुपर्ने अध्यक्ष कट्टेलको भनाइ छ ।

अब दुग्ध विकास संस्थानले चितवन र मकवानपुरमा मात्र नभएर देशभरी नै दूधको मूल्य बढाउनुपर्ने र मूल्यमा एकरुपता कायम गर्नुपर्ने जनाएका छन् । यी दुई जिल्लामा डीडीसीले ५७ प्रतिशत मँल्यवृद्धि गरेको संघले जनाएको छ । मँल्य समायोजन अबको १५्र दिनभित्र नगरे सशक्त आन्दोलनमा उत्रने संघले चेतावनीसमेत दिएको छ । डीडीसी विराटनगरअन्तर्गत जिल्लामा रहेका दुग्ध चिस्यान केन्द्रले यहाँका किसानलाई दँधको मँल्य गुणस्तर हेरेर प्रतिलिटर ३८ देखि ४० रुपियाँ दिँदै आएको छ । जिल्लामा सातवटा चिस्यान केन्द्र रहेको छ ।

इलाममा दैनिक सरदर एकलाख २० हजार लिटर दूध उत्पादन हुँदै आएको छ । यहाँ उत्पादित दँध डीडीसी विराटनगरमा दैनिक सरदर २५ हजारदेखि २७ हजार लिटरसम्म निकासि हुँदै आएको छ । बाँकी अधिकांश उत्पादित दँध निजी लगानीमा खोलिएका जिल्लाभित्रकै चिज तथा डेरी उद्योगमा कृषकले बिक्री गर्ने गरेका छन् ।

डीडीसीले भन्दा निजी दँग्ध उद्योगले मूल्य बढी दिने भएकाले कृषक चिस्यान केन्द्रमा भन्दा डेरी तथा चिज उद्योगमा दूध बिक्री गर्ने क्रम बढ्दै गएको छ । पछिल्लो समय यहाँका कृषक पशुपालन व्यवसायतर्फ आकर्षित भएकाले पनि दँध उत्पादन पनि बढिरहेको छ । विषेश गरेर पशुपालन व्यवसायमा वैदेशिक रोजगारीबाट फर्केका युवा बढी मात्रामा रहेका साविक जिल्ला पशुसेवा कार्यालयका प्राविधिक डिगबहादुर कार्कीले बताउनुभयो । तर, कृषकले अझै पनि मेहनत र लगानी अनुसार दुधको उचित मँल्य भने नपाएको गुनासो गर्ने गरेका छन् ।

 

किसानको हातमा कालोपट्टी

दुग्ध विकास संस्थानले दँधको मूल्य घटाएको विरोधमा मकवानपुरका किसानले हातमा कालोपट्टी बाँधेर दूध बिक्री गरेका छन् ।

केन्द्रीय दुग्ध उत्पादक सहकारी संघको निर्णयअनुसार उनीहरुले हातमा कालोपट्टी बाँधेर दँध बिक्री गरेका हुन् । आन्दोलनमा उत्रिएका किसानले बिहीबार दुग्ध विकास संस्थानमा ज्ञापनपत्र बुझाएका छन् ।

किसानले दुग्ध विकास संस्था र उद्योगहरुले दिँदै आएको साबिक दूधको मँल्य दिइनुपर्ने, बजारको ग्यारेन्टी हुनुपर्ने, लागतको आधारमा मूल्य समायोजन गरिनुपर्ने, संस्थानलाई पुनर्संरचना गरी सहकारीकरण गर्नुपर्ने र दँधको मँल्य निर्धारण समिति बनाइनुपर्ने माग राखेका छन् ।

जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडमा आबद्ध दुग्ध उत्पादक सहकारी, किसान र कर्मचारी आन्दोलनमा छन् ।