नेपाल समाचारपत्र, काठमाडौं
मिस फेसन फ्युजन आइकन २०१८ को दोस्रो संस्करण कात्तिक १७ गते सम्पन्न हुने भएको छ । रेस फेसन होम प्रा.लि.को आयोजनामा हुन लागेको सो प्रतियोगिताको पहिलो अडिसन भदौ ९ गतेबाट हुने कुरा रेस फेसन होमका सीईओ रेस रञ्जितले राजधानीमा आयोजित एक पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
रेस फेसन होमको आयोजना र कलेज अफ सेन्टल स्टेटको मुख्य प्रायोजनमा सम्पन्न हुने सो राष्टव्यापी प्रतियोगितामा जिल्लाव्यापी अडिसनबाट देशभरिका प्रतियोगीहरु छनोट गरिनेछ । कलेज अफ सेन्टल स्टेटका क्याम्पस प्रमुख एवं कार्यक्रमका प्रमुख अतिथि रमेश घिमिरेले पत्रकार सम्मेलनमा बोल्दै फेसन सम्बन्धी प्रतियोगिताले प्रतियोगीहरुमा रहेको अन्तरनिहित प्रतिभालाई प्रष्फुटन गराउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
मिस फेसन फ्युजन जस्ता प्रतियोगिताहरुले चलचित्र एवं फेसन उद्योगभित्र रहेका नवप्रवेशी उदयीमान कलाकारलाई हौसला र आत्मविश्वास बढाउन सघाउ पु¥याउने उहाँले बताउनुभयो । फेसन फ्युजन प्रतियोगिता मनोरञ्जनात्मक मात्र नभइ जीवनउपयोगी सीप सिक्ने महत्वपूर्ण अवसर पनि भएकाले प्रतियोगीलाई र्यामवाक, फोटोग्राफी, सेलिब्रेटी क्लास, पर्सनालिटी डेभलपमेन्ट, मोटिभेसन क्लास, ब्युटि टिप्सलगायतका तालिमहरु सञ्चालन गरिनेछ ।
कार्यक्रममा फेसन फ्युजन आइकनका जज एवं मानवअधिकारवादी डा. विजय सैंजु, कलेज अफ सेन्टल स्टेटका शैक्षिक निर्देशक पुष्पराज भट्टराई, प्रिन्सिपल मात्रिका निरौला, एसईई आइकोन २०१८ विजेता नैना खड्गी, फस्ट रनर मन्दिरा खडका, सेकेन्ड रनर प्रिती भट्ट, मिस्टर नेसनल रविन तण्डुकारलगायतका व्यक्तिको उपस्थिति रहेको सो कार्यक्रमको सञ्चालन रेस फेसन होमका म्यानेजिड डाइरेक्टर खगेस रञ्जितले गर्नुभएको थियो ।











प्रतिक्रिया