मन्त्रालयको उत्साह बढ्यो

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
काठमाडौंको स्वयम्भूमा अवस्थित विभिन्न सम्पदाको पुर्न निर्माण सम्पनन भएको छ ।

हालै मात्र जीर्णोद्धार कार्य सम्पन्न भएका अनन्तपुर प्रतापपुर, शान्तिपुर वायुपुर वासुपुर एवम् अन्य १७ वटा सम्पदाको राष्ट्रपति द्वारा शनिवार निरक्षण गर्नुभएको छ । विश्व सम्पदामा सुचिकृति यी सम्पदाको निरीक्षणका क्रममा राष्ट्रपति द्वारा पुजाआजा पनि गर्नु भएको थियो ।

प्रवलीकरण तथा पूर्ण जीर्णोद्धार सम्पन्न सम्पदाको औपचारिक कार्यक्रममा बोल्नुहुदै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले राष्ट्रपति ज्युको सम्पदा निर्माण प्रतिको चासोले मन्त्रालयको उत्साह बढेको बताउनुभएको छ ।

हामीले, केहि समय पछी पाटन कृष्ण मन्दिर सम्पन्न गर्दै छौ भने पशुपतिक्षेत्रका सम्पदा निर्माण सम्पन्न भएको मन्त्री अधिकारीले बताउनुभयो । भूकम्पको थिलोथिलो बाट उठेर हामी हिडेका छौ । अवको २ बर्षमा हामी दौडन छौ । हिजोका जस्तै बनाउने छौ, राष्ट्रपतिलाई सम्पदा निर्माणको बारेमा जनाकारी दिने क्रममा मन्त्री अधिकारीले बताउनु भयो ।

अनन्तपुर प्रतापपुर करिव ३ करोड ११ लाख लागतमामा सम्पन्न भएका हुन भने अरु सम्पदामा नेपाल सरकार र विभिन्न देशको सहयोगमा पुनर्निर्माण भएका हुन् । पुर्णरुपमा ध्वस्त भएका र केहि आंशिक क्षति भएका गरि १७ वटा सम्पदाको पुनर्निर्माण सम्पन्न भएको पुरातात्विक विभागका महानिर्देशक भेषनारायण दाहालले बताउनुभयो ।