संवाददाता शर्मा सम्मानित हुने

0
Shares

पर्वत, (नेस)
नेपाल समाचारपत्र दैनिकका पर्वत संबाददाता दुर्गाप्रसाद शर्मा सम्मानित हुनुभएको छ ।

पर्वतबाट सञ्चालित अनलाइन न्युज पोर्टल सूचनाकेन्द्र डट.कमले आफ्नो ५औँ बार्षिकत्सवको अवसरमा पर्वत जिल्लाको पत्रकारिता क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएको भन्दै सम्मानित गरेको हो ।

पत्रकार सम्मान तथा सांगीतिक साँझको अवसर पारेर संवाददाता शर्मालाई सांसद पदम गिरीले नगदसहित सम्मान गर्नुभयो । संवाददाता शर्माले बिगत दुई दशकदेखि पर्वतमा बसेर ब्यावसायिक पत्रकारिता गर्दै आउनुभएको छ ।