इमरान खानद्वारा प्रधानमन्त्रीको सपथ

0
Shares

इस्लामाबाद (एजेन्सी)
पािकस्तान तहरिक ए इन्साफका प्रमुख इमरान खानले शनिबार पाकिस्तानको २२ औं प्रधानमन्त्री पदको सपथ लिए । कालो रंगको शेरवानीमा पुर्व क्रिकेटरबाट राजनेता बन्न पुगेका इमरानले उर्दुमा सपथ लिएका थिए ।

शुक्रबार भएको शक्ति परीक्षणमा नेसनल असेम्बलीले उनलाई १ सय ७६ मतले देशको २२ औं प्रधानमन्त्रीमा चयन गरेको हो ।

इमरानका शपथ ग्रहणमा ठुलो संख्यामा सेनाका वरिष्ठ अधिकारी उपस्थित रहेका थिए । उनकी तस्रो पत्नी बुशरा पनि समारोहमा उपस्थित रहेकी थिइन् । बुशरा पुरै सरीर ढाक्ने पहिरणमा थिइन र लगातार माला घुमाउँदै गरेको देखेकी थिइन् । उनले समारोहमा उपस्थित केही महिलासँग पनि कुराकानी गरेकी थिइन् ।

सैन्य प्रमुख कमर जावेद बाजवाले समारोहमा कांग्रेस नेता नवजोत सिंह सिद्धसँग भेतघात गरि लामो समयसम्म कुरा गरे ।

गत जुलाई २५ मा सम्पन्न आम चुनावमा इमरानको पार्टी सबैभन्दा ठुलो दलका रुपमा उदय भएको हो । शुक्रवार जब सदनमा सभामुख असद केसरले इमरानलाई विजयी भएको घोषणा गरिरहँदा सदनमा उपस्थित पीएमएल एनका सदस्यले विरोधमा होहल्ला गरेका थिए ।

इमरान खानको जितलाई लिएर केही राजनितिक विश्लेषकहरुले उनको जित सेनाका कारण भएको बताउँदै चिन्ता ब्यक्त गरेका छन् । इमरानमाथि इस्लामिक कट्टरपन्थी संगठन तालिबान प्रति नरम विचार राख्ने गरेको आरोप पनि लागेको छ । चुनाव जितेपछि खानले आफु भारतसँग राम्रो सम्बन्धका पक्षधर भएको बताएका थिए । यद्यपी चीनलाई उनले पाकिस्तानको कठिन घडीमा साथ दिने नजिकको मित्र भएको बताएका थिए ।

उनले सन् १९७५ मा बेलायतको अक्सफोर्ड युनिभर्सिटीबाट ग्य्राजुएसन गरेका थिए । उनको कप्टानमा पाकिस्तानले सन् १९९२ मा क्रिकेट वल्र्डकप जितेको थियो । उनले सन १९९५ मा जेमिमा गोल्डस्मिथसँग विवाह गरेका थिए । सन् २००४ मा उनीहरुबीच सम्बन्ध विच्छेड भयो । सन् १९९६ मा खानले तहरिक ए इन्साफ नामको पार्टी गठन गरेका थिए ।

सन् २०१४ मा खानले रहम खानसँ दोस्रो विवाह गरेका थिए । तर यो पनि धेरै तिक्न सकेन । केही समयपछि नै उनीहरुबीच तलाक भएको थियो । सन् २०१८ मा उनले धार्मिक गुरु बुशरा मनिकासँग तेस्रो विवाह गरेका थिए ।
दोस्रो पत्नी रेहमले आफनो किताबमा इमरानलाई समलिँगी भएको उल्लेख गरिएको थियो । उनले इमरानले आफुमाथि यौन शोषण गरेको आरोप पनि लगाएकी थिइन् ।