पद्मरत्नले पत्रकारितामा पु¥याएको योगदानको चर्चा

0
Shares

काठमाडौं । नेपालको लोकतान्त्रिक तथा नागरिक आन्दोलनका अगुवा पद्मरत्न तुलाधरले लोकतान्त्रिक आन्दोलनमा पत्रकारिताको माध्यमबाट निर्वाह गर्नुभएको भूमिका सदवै स्मरणीय हुने सम्बद्ध व्यक्तिहरुले बताएका छन् ।

पद्मरत्न तुलाधर नागरिक अभिनन्दन समारोह समितिको आहवानमा नेवाः पत्रकार राष्ट्रिय दबूले शनिबार आयोजना गरेको ‘पत्रकारिता पद्मरत्न तुलाधर’ विषयक विचार गोष्ठीका सहभागीहरुले सो कुरा बताएका हुन् ।

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि मिसन पत्रकारिता, भाषिक समानताका लागि समावेशी पत्रकारिता भन्ने नाराका साथ सो कार्यक्रम आयोजना गरिएको थियो ।

उहा“संगै काम गर्नुभएका परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठ, पूर्वमन्त्री रघुजी पन्त, मल्ल के सुन्दर र प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले तुलाधरको पत्रकारितासंगै लोकतन्त्र, मानवअधिकार, राजनीतिकको क्षेत्रमा पु¥याउनुभएको योगदानको चर्चा गर्नुभयो ।

उहा“ले २०१४ सालतिर नेपाल भाषा पत्रिकाबाट पत्रकारिता यात्रा शुरु गर्नुभएको थियो । सो पत्रिका नेपाल भाषाको पहिलो दैनिक थियो । शुरुमा उहा“ले राससबाट प्रकाशित हुने समाचार बुलेटिनको भाषा अनुवाद गर्नुभएको थियो । पत्रिकाका सम्पादक एवं नेपाल पत्रकार महासंघका सस्थापक सदस्य फत्तेबहादुर सिंहको सहयोगीको रुपमा तुलाधरले लामो समय काम गर्नुभएको थियो ।

सम्पादक सिंहले पत्रिका चलाउन नसकेपछि उहा“ले असनस्थित बालकुमारीमा मदन प्रिण्टिङ्ग प्रेस खोल्नुभयो । त्यसपछि पत्रिका सम्पादन गर्ने, लेख लेख्नदेखि लिएर छपाई र पत्रिका बजारसम्म पु¥याउने कार्य गर्नुभएको थियो । रातो युगधाराको सम्पादक भई तुलाधरले पञ्चायती व्यवस्था विरुद्ध नेपाली भाषामा निरन्तर स्तम्भ लेख्न शुरु गर्नुभएको थियो ।

परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठले लोकतान्त्रिक आन्दोलन र भाषिक समानताको लागि मिसन पत्रकारिता गर्नुभएको धारणा राख्नुभयो ।तुलाधर आफैले एक रुपैया“ नलिईकन वर्षौसम्म सम्पादकीय लेख्ने, राससको समाचार भाषा अनुवाद गर्ने, छाप्नको लागि अक्षर कम्पोजदेखि बजारसम्म पु¥याउन कार्य एक्लैले गर्ने गरेको बताउ“दै उहा“ले भन्नुभयो ‘यसरी मिसन पत्रकारिता गर्ने नेपालमा दुई जनामात्र रहेको छ ।’

प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले पत्रकारिता क्षेत्रमा पद्मरत्न आफ्नो गुरु रहेको स्मरण गर्दै भन्नुभयो ‘२०४२, ०४३ सालतिर म ९ कक्षामा पढिरह“दा मेरो पद्मरत्न तुलाधरसंग चिनजान भएको थियो । पञ्चायती व्यवस्था विरुद्ध प्रकाशित पत्रिकाहरु विभिन्न प्रेसबाट संकलन गरेर जेलमा रहेका राजबन्दीहरुकहा“ पु¥याउने क्रममा उहा“बाट धेरै सिके ।’

मल्ल के सुन्दरले पञ्चायती व्यवस्थाका विरुद्ध, लोकतान्त्रिक मूल्य, समानताका लागि उहा“ले गर्नुभएको पत्रकारिताबाट आजको पुस्ताले सिक्नुपर्ने खा“चो रहेको बताउनुभयो । नेकपाका नेता रघुजी पन्तले पद्मरत्नको पत्रकारितामा प्रखरतासंगै हास्यव्यंग्य लेख्न सक्ने क्षमताको निकै सराहना गर्नुहु“दै नेपालको लोकतन्त्र, मानवअधिकार र नागरिक अधिकारका लागि पद्मरत्नको उल्लेखनीय योगदानको रहेको बताउनुभयो ।

सो अवसरमा अगुवा तुलाधरले आफैले समेत बिर्सिसकेको कुरो स्मरण गराउने सबैलाई धन्यवाद दि“दै आफू धेरै वर्षसम्म बा“च्ने विश्वास व्यक्त गर्नुभयो ।

दबूका अध्यक्ष श्रीकृष्ण महर्जनले समावेशी पत्रकारिता, मातृभाषाको पत्रकारिता र लोकतान्त्रिक आन्दोलनमा तुलाधरको भूमिकाले पत्रकारलाई सदैव प्रेरणा दिने बताउनुभयो । तुलाधरको यही भदौं १६ गते हुने भिमरथारोहणको अवसरमा विविध कार्यक्रम गरी मनाउने निर्णयअनुरुप सो कार्यक्रम आयोजना गरिएको हो । यसैक्रममा गत शुक्रबार नेपालको मानव अधिकार आन्दोलनमा पद्मरत्न तुलाधरको भूमिका विषयक विचार गोष्ठी आयोजना गरिएको थियो ।