नेपाल समाचारपत्र, काठमाडौं
महानगरीय प्रहरी प्रभाग मंगलबजार, ज्यापू समाज युवा उपसमिति,अर्पण समूह, संगति बृहत्तर सेवा समितिको आयोजनामा सो ¥याली आयोजना गरिएको छ । ¥यालीको मंगलबजार हःखा कोतपाटीमा आयोजित एक समारोहकाबीच प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले शुभारम्भ गर्नुभयो ।
सो अवसरमा महानिरीक्षक खनालले लागू औषध काराबार नियन्त्रण गर्न प्रहरी निकै दृढताका साथ लागेको बताउ“दै कारोबार संलग्नलाई कडाई कारवाही गरेर छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उहा“ले प्रहरी जनताको नजिक रहेर काम गर्न तत्पर रहेको उल्लेख गर्दै यस कार्यमा समुदायको सधै साथ दिने विश्वास व्यक्त गर्नुभयो ।
महानगरीय प्रहरी प्रभाग मंगलबजारका प्रमुख एवं प्रहरी निरीक्षक केशर न्यौपाने प्रहरी मेरो साथी र टोल टोलमा प्रहरी अभियानको कार्यक्रमको श्रृखंलाका रुपमा ¥याली आयोजना गरिएको बताउनुभयो । ज्यापू समाज युवा उपसमितिका संयोजक बाबुराजा महर्जनले लागू औषध दुव्र्यसन न्यूनीकरणका लागि प्रहरी र जनता मिलेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
सो अवसरमा ज्यापू समाजका अध्यक्ष प्रेम महर्जनले यस्ता कार्यक्रमले प्रहरीप्रति अपनत्व बढ्ने विश्वास व्यक्त गर्नुभयो । यस अघि ¥याली नगरका विभिन्न भागको परिक्रमा गरेको थियो ।











प्रतिक्रिया