नेपाल समाचारपत्र, काठमाडौं
संघीय सांसद गंगाबहादुर तामाङ ‘वामध्वज’ले प्रदेश नम्बर ३ को नामा नेवा–ताम्सालिङ राख्दा ठीक हुने बताएका छन् । साथै प्रदेश नं. ३ को राजधानी काभ्रे हुनुपर्ने धारणा समेत उनले राखेका छन् ।
राजधानीमा आयोजित नाङसाल क्लब नेपालको ९४औं साहित्य वाचन तथा सम्मान कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै सांसद तामाङले आफूले त्यसका लागि पहल थालेको बताए ।
सांसद तामाङले आफूले निर्वाचनको बेला मतदातासँग प्रतिबद्धता जनाएको तेमालमा तामाङ संग्रहलय निर्माण निर्माण गरिछाड्ने र त्यसका लागि आवश्यक प्रक्रिया शुरु भइसकेको बताए । प्रदेशको यस नाममा सहमति जुटन नसके नेवा–ताम्सालिङ–बाग्मतीबारे पनि छलफल चलाउन सकिने उनको धारणा थियो ।
कार्यक्रममा तामाङले क्लबका सल्लाहकार ढकबहादुर घिसिङको ‘ताम्बा’ गीत सार्वजनिकीकरण गरेका थिए । साथै राजेन्दू ङ्यासुर, हिक्मत सिं वाइबा, दीर्घ तामाङ ङ्यासुर, ढकबहादुर घिसिङ र तीर्थमान बललाई प्रमुख अतिथि सांसद तामाङबाट सम्मानपत्रसहित सम्मान गरिएको थियो ।











प्रतिक्रिया