किरन धामी, दार्चुला
महाकाली लोकमार्गको गोकुलेश्वर–खलंगा सडक खण्ड अन्तर्गत पर्ने काकडा खोलामा पानीको सहत बढ्दा यातायात जिल्लाको यातायात ठप्प भएको छ । गएराती भएको अविरल वर्षाका कारण खोलामा पानीको सतह बढे पछि जिल्लाबाट छोटो तथा लामो दुरीमा चल्ने यातायातका साधनहरु बाटोमै ठप्प भएका छन् ।
महाकाली नगरपालिका–८ स्थित पर्ने काकडा खोलामा पुल निर्माण हुन नसक्दा पानीको सतह बढ्ने वित्तिकै यातायात ठप्प हुने गरेका छन् । खोलाले सडक पुरै कटान गरेपछि यातायातका साधनहरु चल्न सकेका छैनन् । खोलामा पानीको सहत घटे पछि स्काईभेटरले सडक बनाउने तथा यातायात सुचारु हुने जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
काकडा खोलामा मोटर पुल निर्माणाधिन अवस्थामा रहेको छ । पुल निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनीको लापरवाहीका कारण पुल अलपत्र अवस्थामा छ । २०७२ सालमा आएको बाढीले उक्त खोलमा रहेको मोटरपुल बगाएको थियो । धनगढी, महेन्द्रनगर, काठमाण्डाँैबाट जिल्ला आउने तथा जिल्लाबाट लामो तथा छोटो दुरीमा संचालन हुने यातायातका साधनहरु विच बाटोमै रोकिएका छन् ।
शुक्रबार राती भएको वर्षाका कारण महाकाली नगरपालिका–९ दत्तुमा सडकको दुई ठाउँमा पहिरो गएको छ, भने मालिकार्जुन गाउँपालिका–३ तेछ्र्यालेकमा समेत पहिरो गएको प्रहरीले जनाएको छ । तेछ्र्यालेकमा गएको पहिरो हटाएर यातायात सुचारु भएको छ, भने दत्तुमा गएको पहिरो हटाउने कार्य भैइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरिक्षक हिक्मत बहादुर बोहराले बताए । पहिरो र खोलामा पानी बढेका कारण यातायातका साधनहरु ठप्प हुँदा यात्रुहरु विच बाटोमै अलपत्र परेका छन् ।











प्रतिक्रिया