नयाँ मुलुकी ऐन उलंघन गर्ने प्रहरी हवल्दार निलम्वन


कालीवहादुर मल्ल, कालिकोट ।
खाँडाचक्र नगरपालिका–१ का २८ वर्षीय गोविन्द दमाईलाई निर्घात कुटपिट गर्ने जिल्ला प्रहरी कार्यालय कालिकोटमा कार्यरत प्रहरी हवल्दार सुरेन्द्र परियार निलम्वित हुने भएका छन् ।
एकल महिलाको कोठामा जाने दुव्र्यवाहार गर्ने,नागरिकलाई कुटपीट गर्ने संलग्न भएकाले निलम्वनका लागि शनिवार क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतमा सिफारिस गरिएको कालिकोटका प्रहरी प्रमुख डिएस्पी बिनोद शर्माले वताएका छन् ।
डिएस्पी शार्माका अनुशार युवालाई कुटपिट गरेको खराव आचारण उजुरी आएपछि नयँ ऐन कार्यन्वयनका लागि निलम्वन गरिएको हो ।
महिला तथा बालबालिका कार्यालय कालिकोट नजिकै घर भएका दमाईलाई आफ्नो हित विपरीत काम गरेको आरोपमा भदौ १ गते प्रहरी हवल्दार परियारले निर्घात कुटपिट गर्दा दमाई गम्भीर घाइते भएका थिए ।
प्रहरी हवल्दार सधैँ सादा पोशाकमा आउने गरेका र एक महिलासँग अवैध सम्बन्ध राख्ने गरेको थाहा पाएकाले कुटपिट गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।
घटनापछि आरोपित प्रहरी हवल्दार फ्ररार अवस्थामा रहेका छन् । घाइते दमाईको उपचार जिल्ला अस्पताल कालिकोटमा भएको थियो ।