८ बर्षदेखि बेपत्ता व्यक्ति भारतमा फेला


विनोद सिंह विष्ट, बैतडी ।
विगत ८ बर्षदेखि बेपत्ता रहेका बैतडीको सुर्नया गाउँपालिका ६ धुलिधारका ३० बर्षिय कृष्णदत्त अवस्थी भारतमा फेला परेका छन् ।
वि स २०६८ सालदेखि सम्पर्कबिहीन भएका अवस्थी शनिवार भारतको हैदरावादमा फेला परेका त्यहाँबाट नवराज अवस्थीले जानकारी दिनुभयो ।
कामका लागि बजार जाँदै गरेको अवस्थामा कृष्णदत्तलाई फेला पारेको उहाँले बताउनुभयो । फेला परेको कृष्णको बारेमा घरपरिवारलाई जानकारी गराई घर पठाउने तयारी भईरहेको छ ।