नुवाकोटमा बाढीपहिरोले १८ लाख बराबरको क्षति


नुवाकोट ।
शुक्रबार रातीबाट परेको अविरल वर्षाले नुवाकोटको विभिन्न ठाउँमा पहिरो जाँदा १८ लाखभन्दा बढीको क्षति भएको छ भने करिव एकदर्जन घर पुर्ण रुपमा क्षति पुगेको छ ।
नुवाकोटको वेलकोटगढी नगरपालिका वडा नं ११ को अमारे खोलामा बाढी आउँदा हरिभक्त तिवारीको ८ लाख रुपैयाँ बराबरको क्षति भएको छ । शुक्रबार रातीबाट परेको पानीे शनिबार विहान घरमा छिर्दा किरानापसल ,मासुपसल,खाजा घर र बोइलर कुखुराको खोरमा बाढी पस्दा उत्त क्षति भएको जिल्ला प्रहरी कार्यलय नुवाकोटका प्रहरी प्रमुख वसन्त कुवरले बताउनुभयो । बाढीले मासर पसल गरेर वस्ने रामराजा तामाङ र उनकी श्रीमति शुभलक्ष्मी तामाङ समान्य घाईते भएको जिल्ला प्रहरी प्रमुख वसन्त कुवरले बताउनुभयो ।
त्यस्तै शिवपुरी गाउँपालीका वडा नं ६ थानाभज्याङमा बाढी पस्दा ६ लाख बराबरको क्षति भएको छ भने ३ ओटा बाख्रा बाढीले बगाएको छ । थानाभज्याङमा बस्ने मनोज लामा र डिल बहादुरतामाङको घरमा बाढि पस्दा लत्ताकपडा र अन्न पात सहिद बाढीले ३ ओटा बाख्रा बगाएको जिल्ला प्रहरी कार्यलय नुवाकोटले जनाएको छ ।

त्यस्तै शुक्रबारै परेको अविरल बर्षाले किस्पाङ गाउपालिका ३ मा समेत वितण्डा मच्चाएको छ । सलाखु खोलामा आएको बाढीले करिव १७ रोपनी जग्गा र ३ लाख बराबरको धनमाले नष्ट भएको जिल्ला प्रहरी कार्यलय नुवाकोटले जनाएको छ । बढीले कितिलि बगर बस्ने ओम बहादुर तामाङको एककोठे पक्की घर र लत्ताकपडा र खाधान्य गरि २ लाख बराबरको क्षति भएको प्रहरीले बताएको छ । त्यस्तै बाढीले नै कितिलि बगरका कितिलि बगर तामाङ एक लाख बराबरको क्षति भएको प्रहरीले बताएको छ । खेतामा बाढी आउँदा जितबहादुर तामाङको ८ रोपनी, रुद्रबहादुर तामाङको ३ रोपनी,बस्ने कृष्णबहादुर तामाङको ३ रोपनी, नुर बतासी तामाङको ३ रोपनी खेत खोलाले बगाएर लगेको छ । बाढीले सयमिटर लम्बाई भएको झोलुङ्गे पुल समेत पुर्ण रुपमा क्षेति पुराएको छ ।

यसैबिच नुवाकोटमा दैनिकि विभिन्न प्राकृति विपत्तिको घटनामा वृद्धि भएको भन्दै जिल्ला प्रशासन कार्यलय नुवाकोटले जिल्ला आपतकालीन कार्यसंचालन केन्द्र २४ सै घण्टा संचालनमा ल्याउने निर्णय गरेको छ ।
जिल्ला प्रशासन कार्यलय नुवाकोटका प्रमुख प्रशासकिय अधिकृत नन्दलाल शर्माका अनुसार जिल्लामा घटेका विपत् सम्बन्धि कुनैपनि घटनाको सम्बन्धिमा कुनै सूचना वा जानकारी भए तुरुन्त ०१० ६१९३३ मा सम्पर्क सकिने छ । केन्द्रकोजुनसुकै समयमा उद्वार र राहात कार्यका लागि सबै स्थानीय तह र सबै सम्बन्धित निकायलाई तयारी अवस्थामा रहन जिल्ला प्रशासन कार्यलय नुवाकोटले आग्रह गरेको छ ।