रोल्पाका युवाले थाले पर्यटन र हाम्रो यात्रा अभियान


महेश न्यौपाने, रोल्पा ।

सुनछहरी झरना लगायत पूर्वी रोल्पाका पर्यटकीय क्षेत्रको प्रचार प्रसार गर्ने भन्दै रोल्पाली युवाहरुले पर्यटन र हाम्रो यात्रा संग संगै अभियानको थालनी गरेका छन ।
पर्यटीय स्थल सुनछहरी झरना नजिक पुगेर युवाहरुले अभियानको औपचारिक थालनी गरेका हुन । अभियान थालनीमा स्थानीय जनप्रतिनिधि र कर्मचारीको समेत उपस्थिति रहेको वताइएको छ । अभिायनका क्रममा युवाहरुले सुनछ

हरी झरना, विवाङ दह, सहिद गाउँ जेल्वाङ लगायतका क्षेत्रको प्रचार प्रसार गर्ने अभियान्ता रणवहादुर घर्तीले जानकारी दिए ।

धार्मिक, युद्ध र पर्यापर्यटनको राम्रो संभावना रहे पनि प्रचार प्रसारको अभावमा ओझेलमा परेकाले पूर्वी रोल्पालाई लक्षित गरि अभियानको थालनी गरेका छौ घर्तीले भने ।
सुनछहरीलाई देशकै लामो झरनाको रुपमा दावि समेत गरिएको छ । झरनाको नाप लिन सरकारी निकायवाट चासो नदेखाएको अर्का अभियान्ता हर्क घर्तीले गुनासो गरे । स्थानीयहरुले लिएको नापको आधारमा देशकै लामो झरनाको रुपमा दावि गरेका छौ घर्तीले भने । झरनामा वंजिजम्प जस्ता साहसिक खेलहरु पनि खेलाउन सकिने घर्तीको भनाई छ । पहुँच र प्रचारको अभावमा सुनछहरीलाई ओझेलमा पारिएको युवाहरुले आरोप लगाएका छन ।