मुटुमाथि ढुंगा राखी…

0
Shares

गत वर्ष तत्कालिन एमाले र माओवादीले छेलोखेलो सिट प्राप्त गरेपछि आत्तिएका काँग्रेस नेता देउवाले पटक–पटक भनेका थिए–‘वामपन्थी सरकार बनेपछि देशमा अधिनायकवाद आउँद, रुन पनि पाइँदैन ।’ देउवा आफैं ज्योतिष भने हैनन्, बेला मौकामा ज्योतिषको घरदैलो धाएर ग्रहदशा मन्छाउँछन् ।

गत वर्ष उनको तर्क सुन्दा धेरैले ‘पितुर्के’ र ‘कुनै दम नभएको नेता’ भन्न पछि परेनन् । तर हिजो–आज त्यही ‘पितुर्के तर्क सत्य सावित भयो है’ भन्नेहरु सहर बजारमा पर्याप्त भेटिन थाल्या छन् । यता फर्कियो कर, उता फर्कियो कर, यसो गर्दा कर अनि उसो गर्दा पनि कर तिर्नुपर्ने व्यवस्था अनिवार्य भएपछि देउवालाई हेर्ने, बुझ्ने नजर परिवर्तन हुन बेर छैन ।

वामपन्थी सरकारको बम्पर उपहार बोझिलो र पेचिलो कर भन्दा फरक नपर्ने भयो अब । अनि कर प्रतिपक्षी र सरकार विरोधीलाई मात्रै लाग्ने भए त गज्जबै हुन्थ्यो क्यार, विपक्षी चुइक्क सम्म गर्दैन थिए होला । तर गर्नु कानूनी राज्यमा सत्तापक्षकै मतदाता, कट्टर र त्यागी कार्यकर्तालाई पनि करले निमिठोगरी निमोठ्ने निधो भयो ।

त्यै पनि विचरा नेकपा कार्यकर्ता यो विषयमा गुपचुप छन्, सामाजिक सञ्जालमा चुइक्क लेख्दैनन्, बोल्दैनन् अचम्मै छ भन्या । बाहिर नबोलेपनि उनीहरु ‘मुटु माथि ढुंगा राखी हास्नु प¥या छ’ भन्ने गीत बारम्बार गाउँदै र सम्झदै होलान् ।