काठमाडौं, (नेस) । कीर्तीपुर नगरपालिकाले सम्पत्ति कर नबढाउने भएको छ । नगरपालीकाले स्थानीय नागरीकको मागलाई मध्यनजर गर्दै २०५६ साल देखि लागु हुँदै आएको घर जग्गा करलाई निरन्तरता दिएको हो । जसले गर्दा नगरवासीहरुलाई राहत भएको छ ।
कीर्तिपुर नगरपालीकाका उपमेयर सरस्वती खड्काले नेपाल समाचारपत्रसंग भन्नुभयो–‘ विगतमा घर जग्गा कर र मालपोत कर थियो । अहिले सम्पत्ति कर नामाकरण गरिएको छ । कृषि योग्य जमिनको २०७४÷०७५ मा प्रति रोपनि एक सय रुपैंया लिइन्थ्यो । अहिलेपनि सोही कायम भएको छ । नाम मात्रै सम्पत्ति कर हुने भयो । ’
सरकारले गरेको कर बृद्धि प्रति आपत्ति जनाउँदै किर्तीपुर नगरपालीकाका उपमेयर खड्काले भन्नुभयो–‘सरकारले जनताको ढाड सेक्नु राम्रो होईन । जनताको चाहनाअनुसार जनतालाई मर्का नहुने गरी कर निर्धारण गरेका छौं । ’ उपमेयर खड्काका अनुसार बिगतमा जस्तै कृषि योग्य जमिनको प्रति रोपनि एक सय रुपैंया कर लिईने व्यवस्था गरिएको छ ।
यस्तै निम्न र मध्यम वर्गीय परिवारका लागि कीर्तिपुर नगरपालीकाले सम्पत्ति कर घटाएको छ । बिगतमा पाँच लाख रुपैंया सम्पत्ति मुल्याङकन हुनेले पाँच सय १० रुपैंया तिर्नुपर्नेमा हाल मुल्याङकनका आधारमा पाँच लाख रुपैंया निर्धारण भए एक सय रुपैंयासम्म तिर्नुपर्ने भएको सो नगरपालीकाले जनाएको छ ।











प्रतिक्रिया