पद्मरत्न तुलाधरको भीमरथारोहण गरिने

0
Shares

काठमाडौ(नेस) । नेपालको आदिवासी जनजाति, मानव अधिकार, जाति भाषा समानता एवं नागरिक आन्दोलनका अगुवा तथा शान्ति प्रक्रियाका सूत्रधार पद्मरत्न तुलाधरको ज्याःजंक्व (भीमरथारोहण) विविध कार्यक्रमका साथ मनाइने भएको छ ।

नेवार समाजमा कुनै व्यक्तिको ७७ वर्ष ७ महिना ७ दिनका अवसरमा गरिने महत्वपूर्ण धार्मिक सांस्कृतिक संस्कार ज्याःजंक्व भएको बताइएको छ । आउदो भदौ १७ गते तुलाधरको धार्मिक विधि अनुसार ज्याःजंक्व गरिने बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

सोही अवसरमा उहाँले योगदान गर्नुभएका विभिन्न क्षेत्रसँग सम्बन्धित, संघसंस्थाको सक्रियता एवं आयोजनामा विविध कार्यक्रम सञ्चालन गरिने भएको छ । यी सबै कार्यक्रमको संयोजन ं समाजसेवी लक्ष्मीदास मानन्धरले गर्नुभएको छ । मानन्धरको अध्यक्षतामा ‘पद्मरत्न तुलाधर नागरिक अभिनन्दन समारोह समिति’ गठन गरिएको छ ।

उक्त समितिको मूल अंगको रुपमा संरक्षक समिति पनि गठन गरिएको छ । उक्त संरक्षक समितिमा जनकवि दुर्गालाल श्रेष्ठ, जनगायक भृगुराम श्रेष्ठ, नेवाः आन्दोलनका अगुवाहरू मल्ल के. सुन्दर, नरेशवीर शाक्य र कलाकार गणेश साय्मी सदस्यका रुपमा रहनुभएको छ ।