काठमाडौं, (नेस)
समाज कल्याण परिषद्का सदस्य सचिव डिल्लीराज भट्टमाथी भ्रष्टाचारको आरोप लागेको छ । परिषद्लाई भ्रष्टाचारको अखडा बनाएको भन्दै मुगुका प्रमोद शाहीले उहाँविरुद्ध प्रधानमन्त्री कार्यालयसमक्ष २० बुदें उजुरी दर्ता गराउनुभएको हो ।
आरोप पत्रमा सदस्य–सचिव भट्टले पदीय दुरुपयोग गरेको, स्वदेशी तथा विदेशी गैरसकारी संस्थासँग पैसा लिएको, पदीय जिम्मेवारी वहन नगरेको, भृकुटीमण्डपको जग्गा र त्यहाँका संरचना मोटो रकमको चलखेलमा भाडामा लगाउन खोजेको उल्लेख छ ।
तर भट्टलाई महिला बालबालीका तथा जेष्ठ नागरिक मन्त्रालयमा हाजीर गराउने निर्णयमाथी सर्वोच्चले गत मंगलबार रोक लगाएको छ ।
सर्वोच्चका न्यायाधीश केदारप्रसाद चालीसेको एकल इजलासले भट्टलाई मन्त्रालय हाजिर गराउने निर्णयमा कानुनी प्रकृयागत त्रुटी भएको भन्दै निर्णय कार्यान्वयन नगर्न अन्तरीम आदेश दिएको हो ।
छानबीन गर्नुपर्ने भन्दै भट्टलाई महिला बालबालीका तथा जेष्ठ नागरिक मन्त्रालय तानिएको थियो ।











प्रतिक्रिया