काठमाडौं,(नेस) । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरी बल नेपालको सेवा लिने सेवाग्राहीको विश्वास जित्ने ढंगले व्यावसायिक जिम्मेवारी निर्वाह गर्न सशस्त्र प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ ।
उहाँले सशस्त्र प्रहरी बल नेपालको पेशा पवित्र सेवा भएको चर्चा गर्दै भन्नुभयो – ‘नागरीकले तपाईहरुलाई ठूलो विश्वास र तपाईहरुसँग थुप्रै अपेक्षाहरु गरेका छन्, नागरिकको त्यो विश्वास र अपेक्षालाई पुरा गर्न हामी सशस्त्र प्रहरी कर्मचारीले आफ्नो सम्पूर्ण इच्छा आकांक्षाहरुलाई थाती राखेर हर प्रहर नागरीक हितमा केन्द्रित भई पेशागत इमान्दारीताकासाथ व्यावसायिक जिम्मेवारी पूरा गर्नुपर्दछ ।’
महानिरीक्षक खनालले संयुक्त राष्ट्रसंघको अनुरोधमा शान्ति स्थापनार्थ युनाइटेड नेशन्स मिसन इन साउथ सुडानको बोरमा एफपीयुको रुपमा सफलतापूर्वक कार्यसम्पन्न गरी स्वदेश फर्किएको एपीएफ टोलीलाई स्वागत तथा प्राविधिक सशस्त्र प्रहरी निरीक्षकमा पदोन्नती भएकाहरुलाई दज्र्यानी चिन्ह प्रदान गर्नुहँुदै सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा सो कुरा बताउनुभएको हो ।
संगठन नयाँ सिराबाट अगाडी बढिरहेको उल्लेख गर्नुहुँदै सशस्त्र प्रहरी महानिरीक्षक खनालले संगठनको विकास र विस्तारमा सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरुले आ–आफ्नो क्षेत्रबाट योगदान पु¥याउनुपर्ने कुरा समेत उल्लेख गर्नुभयो ।
उहाँले सशस्त्र प्रहरी सेवामा आवद्ध राष्ट्रसेवकहरुले सधैं आफुप्रति गर्ववान्वित भई आफ्नो जिम्मेवारी पुरागर्न कृयाशिल रहनु पर्ने चर्चा गर्नुहुँदै फौजी सेवामा व्यक्तिगत इच्छा आकांक्षा गौंढ हुने कुरा समेत उल्लेख गर्नुभयो ।
सशस्त्र प्रहरी महानिरीक्षक खनालले सशस्त्र प्रहरी कर्मचारीहरु सधैं आफ्नो कर्तव्यमा नचुकी दायित्व निर्वाहमा समर्पित रहिरहनुपर्ने बताउनुभयो ।
यूएन मिसनबाट फर्किएको एपीएफ टोलीलाई इङ्गीत गर्नुहुँदै सशस्त्र प्रहरी महानिरीक्षक खनालले सो टोलीले संगठन र देशको नाम रहने गरी उत्कृष्ट कार्य गरेर मिसनमा आफ्नो जिम्मेवारी पूरा गरेको विश्वास व्यक्त गर्नुभयो ।
मिसनमा विभिन्न देशका सुरक्षाकर्मी सँग सहकार्य गरी आर्जन गरेको ज्ञान तथा सिपलाई स्वदेशमा फर्किएपछि कार्यक्षेत्रमा उपयोग गर्नुपर्ने चर्चा गर्नुहुँदै उहाँले वास्तवमै नागरीकको हितमा कार्य गरिदा सन्तुष्टि मिल्ने कुरा समेत उल्लेख गर्नुभयो ।
सो कार्यक्रममा सशस्त्र प्रहरी निरीक्षकबाट सशस्त्र प्रहरी नायव उपरीक्षकमा पदोन्नती भएका प्रेमसिंह धामीलाई समेत दज्र्यानी चिन्ह प्रदान गरिएको थियो ।
युनाइटेड नेशन्स मिसन इन साउथ सुडानबाट आफ्नो कार्यकाल पूरागरी सशस्त्र प्रहरी नायव उपरीक्षक नरेन्द्र सेनको कमाण्डमा स्वदेश फर्किएको सो टोलीमा एपीएफ अधिकृत, विल्लादार तथा जवान गरी ९८ जना रहेका छन् ।











प्रतिक्रिया