खोलाले बगाउँदा एक जनाको मृत्यु


चौतारा ।
सिन्धु खोलाले बगाउँदा आज एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–१२ बाँसबारीका ५५ वर्षीय लक्ष्मीबहादुर माझी रहेको प्रहरीले जनाएको छ ।

खोलापारिको बारीमा जानेक्रममा आज बिहान खोला तर्दा बगाएर नजिकैको इन्द्रावती नदीमा मिसाएपछि उनी बेपत्ता भएका थिए ।

मृतकको शव अपराह्न ४ बजे इन्द्रावती गाउँपालिकाअन्तर्गत भीमटारस्थित बगरमा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
रासस