सहकारी संस्था चोरी गर्ने १ भारतीय सहित ३ नेपाली पक्राउ


काठमाडौँ ।
सहकारी संस्था चोरी गर्ने ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङ घर भई हाल काठमाडौँ बौद्ध मा बस्दै आएका ३५ वर्षिय सुरेश नामले चिनिने डण्ड बहादुर परियार, चितवन घर भई हाल काठमाडौँ स्यूचाटारमा बस्दै आएका २४ वर्षिय कृष्ण थापा, सिन्धुली घर भई हाल काठमाडौँ कपनमा बस्दै आएका ३२ वर्षिय रामकाजी सुनुवार र भारत मोतिहारी खरुवा ७ घर भई हाल काठमाडौँ सानोभर्याङ बस्दै आएका २४ वर्षिय अवधेश शाह रहेका छन् ।

उनिहरुले काठमाडौं कलङ्की चोक नजिकै रहेको धादिङ मण्डली बचत तथा ऋण सहकारी संस्था लगायत उपत्यकाका अन्य बिभिन्न ८ बटा सहकारी संस्थाको ढोका फोडी कार्यलय भित्र रहेको सेफ तथा नगद चोरी गरेको खुल्न आएको छ । चोरी गरेका सेफ, त्ख्, ीबउतयउ, पानी तान्ने पम्प, चोरी गर्न प्रयोग गर्ने त्बहष् तथा विभिन्न धनमाल सहित पक्राउ गरि आवश्यक कारबाहीको लागी महानगरिय प्रहरी परिसर काठमाडौं पठाईएको छ ।

बरामद गरिएका सामानहरु