विङ्गरको ठक्करवाट मोसा चालकको मृत्यु, आक्रोसित स्थानियद्धारा विङ्गरमा आगजनी


यमलाल भुसाल, बुटवल ।
पूर्व पश्चिम राजमार्गमा पश्चिमबाट बुटवल तफ आउदै गरेकोे लु १ ज २७२८ नम्बरको विङ्गरले बिपरित दिशाबाट आई रहेको लु १ प ७७४३ न. को मोटर साईकललाई ठक्कर दिदा मोटर साईकिल चालकको मृत्यु भएको छ ।
विङ्गरको ठक्करवाट रुपन्देही सैनामैना ५ बस्ने बर्ष ४० को शेरबहादुर कुंवर गम्भिर घाईते भइै उपचारको लागि लुम्बिनी अस्पताल बुटवलमा ल्याएकोमा उपचारको क्रममा दिउसो साढे तिन बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
विङ्गरले दिउसो पौने ३ वजे सैनामैना न.पा.४ स्थित पूर्व पश्चिम राजमार्गमा मोटर साईकललाई ठक्कर दिएको हो ।
मोटर साईकललाई ठक्कर दिने विङ्गरलाई आक्रोसित स्थानियले आगजनी गरेपछि स्थिती तनावग्रत भएकोले एको हो ।
इलाका प्रहरी कार्यालय रन्यौरा र इलाका प्रहरी कार्यालय बुटवलबाट प्रहरी टोली घटनास्थलमा परिचालनगरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
विङगर चालक प्रहरी नियन्त्रणमा रहेको बताईएको छ ।