मेलबर्नलाई उछिन्दै भियना सबैभन्दा उत्कृष्ट

0
Shares

जेनेभा (एजेन्सी)
अष्ट्रियाको राजधानी भियना अष्ट्रेलियाको मेलबर्नलाई पछाडी पार्दै बस्नका लागि सबैभन्दा सर्वश्रेष्ठ ठाउँ बन्न सफल भएको छ । इकोनोमिस्ट इन्टेलिजेन्स युनिट र्याकिंगको सर्वेक्षणले उक्त सुची जारी गरेको हो ।

विगत सातबर्षदेखि बस्नका लागि विश्वको उत्कृष्ट स्थानको सुचीमा सबैभन्दा माथि पर्दै आएको मेलबर्न यो पटक दोस्रोमा झरेको छ । १ सय ४० शहरबीचको यो सुचीमा भियनाले ९९ दशमलव १ र मेलबर्नले ९८ दशमलव ४ अंक हासिल गरेका छन् ।

भियनाको आपाराधिक दर कम हुनुले उसलाई यो स्थान हासिल गर्न मद्दत पुगेको बताइएको छ । सर्वेक्षणमा सबैभन्दा धेरै अंकभार अपराधमै छुट्याइएको छ । यी दुबै सहरले स्वास्थ्यउपचार, शिक्षा, र आधारभुत संरचनामा उत्कृष्ट स्थान हासिल गरेका छन् । दुबैको स्थिति विगत बर्षको तुलनामा राम्रो भएको छ तर भियनाले अलि बढी सुधार गरेको छ ।

भियना, मेलबर्नपछि उत्कृष्ट पाँच सहरमा जापानको ओसाका, क्यानाडाको क्यालगरी र अष्ट्रेलियाको सिडनीले स्थान पाएका छन् । यो सर्वेक्षण सन् २००४ देखि हरेक बर्ष गर्दै आइरहेको छ ।

भियनाको जनसंख्या २१ लाखको हाराहारी रहेको छ । हरियालीसँग यस सहरमा कयौं तलाउ र सामुद्रिक तट रहेका छन् । यहाँको सार्वजनिक यातायात पनि अत्यन्त सस्तो मानिन्छ ।