भारतिय मुद्रा चिनियाँ कम्पनीले छाप्ने समाचार गलत


नयाँदिल्ली (एजेन्सी)
भारत सरकारले भारतिय मुद्रा नोट एक चिनियाँ कम्पनीले छाप्न लागेको समाचारलाई गलत ठहर्याएको छ । सामाजिक सन्जालमा उक्त खबर भाइरल भएपछि भारतले यसलाई निराधार भएको बताए ।

साउथ चाइना मर्निङ पोस्टको एक समाचारमा एक चिनियाँ कम्पनीलाई अन्तराष्ट्रिय मुद्रा छाप्ने ठेक्का दिइएको र त्यसमा भारतिय रुपैयाँ पनि रहेको दावी गरिएको थियो ।

सामाजिक सन्चार माध्यममा तिब्र रुपमा फैलिएपछि नागरिकहरुमा असन्तोष देखिएको र यसबाट राष्ट्रिय सुरक्षामा खतरा पुग्न सक्नेमा चिन्ता ब्यक्त गरिएको थियो ।

आर्थिक मामिला सम्बन्धी विभागका एक अधिकारीले भने– चिनियाँ कम्पनीलाई भारतिय मुद्रा छाप्न अर्डर दिइएको विषयमा आएको समाचार निराधार हो । भारतिय नोट भारत सरकार र रिजर्भ बंैंकको छापाखानामा छाप्ने गरिन्छ ।