रोल्पामा बन्द शान्तिपूर्ण


महेश न्यौपाने, रोल्पा ।
पार्टी प्रवक्ता खड्कवहादुर विक सहितका नेता गिरप्तारीको विरुद्धमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आयोजना गरेको आजको नेपाल वन्द रोल्पामा शान्तिपूर्ण ढंगले सम्पन्न भएको छ ।
जिल्लाका विभिन्न वजार केन्द्र नजिक हिजो वेलुका र आज विहान भएका वम विस्फोटका घटना संगै वन्द हिंसात्मक हुन सक्ने आंकलन गरिए पनि यो समाचार तयार पार्दा सम्म जिल्लामा कुनै अप्रिय घटना नभएको वताइएको छ ।
वन्दका कारण जिल्ला सदरमुकाम लिवाङ लगायत अन्य वजार केन्द्रमा रहेका वजारहरु समेत वन्द रहेको वताइएको छ । वन्दका क्रममा लामो तथा छोटो दुरीका सवारी साधनहरु वन्द रहे पनि रोल्पाका लागि काठमाण्डौ वाट हिजो वेलुका छुटेको वस प्रहरीको विशेष सुरक्षा सहित सदरमुकाम ल्याइएको थियो । वन्दका क्रममा कलकारखाना, वजार, विद्यालय र नीजि वैक तथा वित्तिय संस्थाहरु वन्द रहेको वताइएको छ ।
जिल्लाको सदरमुकाम लिवाङ, सुलिचौर, घर्तीगाउ, खुंग्री,वागमारा लगायतका वजार क्षेत्रमा दर्जन वढी वम विस्फोट भएको वताइएको छ ।
जनतालाई त्रास फैलाउने गरि केही स्थानको जंगलमा वम विस्फोट भएको एक सुरक्षा अधिकारीले जानकारी दिए । वम विस्फोट भए संगै प्रहरी घटना स्थल पुगि स्थलगत निरिक्षण समेत गरेको ती अधिकारीले जानकारी दिए ।