कालिकोट नापि कार्यालय र कालेखोलामा शक्तिशाली बम विष्फोट


कालीवहादुर मल्ल, कालिकोट ।
जिल्ला सदरमुकाम खाँडाचक्र नगरपालिका–१ मान्ममा रहेको नापि कार्यालय र खाँडाचक्र नगरपालिका–२ कालेखोलामा प्रेसर कुकर बम विष्फोटन भएको छ ।
दुइ ठाउमा भएको बम विष्फोटवाट कुनै मानवीय क्षेति नभएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख विनोद शर्माले वताएका छन । उनले बम विष्फोट गराउने विप्लव निकाट नेकपाका कार्यकताहरु हुनसक्ने आसंका गरेका छन । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खडकवहादुर विकको रिहाईको माग गर्दै सो पार्टीले मंगलवार नेपाल वन्दको आह्वान गरेको थियो ।

विष्फोटमा संलग्न भएको आसंकामा सान्नित्रीवेणी–८ निवासी कालिकोटवाट सुर्खेत जादै गरेका यात्रु २२ वर्षीय कासे दर्जि र ग्रिल ल्याउन मान्म सदरमुकाम आएका नरहरीनाथ गाँउपालिका – २ निवासी २३ वर्सिय अनिपाल विकलाई प्रहरीले पक्राउ गरेको छ ।

यता विप्लव नेकपा कालिकोटका सेक्रेटरी मनिलाल ऐडिले बन्दकर्ताहरुले विहान नेपाल वन्द सफल पार्ने प्रयास गरेपनि बम विष्फोटन नगरेको वताएका छन ।