लागूऔषध गाँजा सहित पक्राउ


बारा ।
भारत मोतीहारी नरकटीया बस्ने ५० वर्षीय लक्ष्मण साह र भारत रक्सौल बस्ने ७० वर्षीय पासपत साहलाई लागूऔषध गाँजा अन्दाजी ३ के।जी।२ सय ग्राम सहित मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
जितपुर सिमरा उपमहानगरपालिका(२२ स्थित सडकमा शंकास्पद रुपमा रहेको अवस्थामा प्रहरीले जाँच गर्दा उनीहरू उक्त लागूऔषध सहित फेला परेका हुन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।