ज्यान मार्ने उद्योगमा वडा सचिव पक्राउ


रामधन राई, खोटाङ ।
ज्यान मार्ने उद्योगले कुटपिट गरेको आरोपमा खोटाङका वडा सचिव पक्राउ परेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङका कर्ण राईमाथि ज्यान मार्ने नियतले कुटपिट गरेको आरोपमा सोही नगरपालिका वडा नम्बर–५ का सचिव गोपीकृष्ण बस्नेत पक्राउ परेका हुन् ।
बस्नेतले २०६७ असार ७ गते स्थानीय आहालडाडाँमा कुटपिट गरेपछि राई अचेत बनेका थिए । हाल पीडित राईको चेत आएको र ज्यान मार्ने उद्योगमा उजुरी परेपछि सोही अभियोगमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सई मनोज यादवले जानकारी दिनुभयो । बस्नेतको साथमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका कर्मचारी रामकुमार थापा समेत संलग्न रहेको उजुरी परेको सई यादवको भनाई छ ।
थापा पक्राउ परेको केही दिनमै छुटेका थिए । त्यस समय कर्ण अचेत अवस्थामै भएको कारण किटानी नपरेको बताईएको छ ।