बन्द प्रभावहिन


काभ्रे ।
नेकपा माओवादी विप्लप समुहले आब्हान गरेको बन्द सफल बनाउन विभिन्न स्थानमा शंकास्पद बस्तु राखिएको फेला परेको छ । सेनाले उक्त बस्तु निस्तेज बनाएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार विद्यालय बाहेक सार्वजनिक यातायातका सवारी साधन संचालनमा आएका छन् । पनौतीमा राति सिलिण्डर बम पड्काएका छन् । गाडीको टायर भित्र सिलिण्डर राखेर आगो लगाई पड्काएको प्रहरीले बताएको छ । त्यसको वेवास्ता गरी स्थानीयहरु निर्वाध जनजीवन सामान्य बनाएका थिए । त्यस्तै पाँचखालको चामुण्डा पेट्रोल पम्प नजिकै राखेको सकेट बम सेनाको टोलीले डिस्पोज गरेको छ । विष्णु दल गण धुलिखेलका गणपति रामहरी केसीका अनुसार जिल्लाका विभिन्न स्थानमा राखिएका बमहरुलाई सेनाको डिस्पोजल टोलीले डिस्पोज गरेको हो ।
त्यस्तै मेलम्ची जाने सडकमा कुकर बम फेला परेको थियो । कुकर बम फेला परे पनि जनजिवन आतंकति भएन । समान्य अवस्थामा रहेको जनजिवनलाई प्रहरीको नियमित गस्तिले झनै सामान्य बनाउने प्रयास गरेको प्रहरी प्रमुख एसपी रविराज खड्काले बताए । नेकपा माओवादीका नेताहरुले विद्यालयहरुमा फोन गरेर विद्यालय संचालन नगर्न धम्कि दिएपछि विद्यालय सबै बन्द रहे । यातायात ब्यवसायीहरुलाई समेत धम्कि दिएका माओवादीका कार्यकर्ताहरुले जे पनि हुन सक्ने बताएका थिए । तर यातायात ब्यवसायीहरुले सवारी साधनहरु संचालनमा ल्याए ।
माओवादीको बन्द प्रभावहिन भएको छ । यस अघि जिल्ला प्रहरी कार्यालय काभ्रेले केन्द्रिय सदस्य द्धयलाई धुलिखेलमा हिरासतमा राखेको छ । ट्रिपर र क्रसरमा आगजनी गरेको अभियोगमा प्रहरीले पक्राउ गरी मुद्दा चलाईरहेको प्रहरीले बताएको छ ।