बोक्सीको आरोपमा मानसिक यातना दिने दुुई महिला पक्राउ


पाल्पा ।
जिल्लाको निस्दी गाउँपालिका ४ मित्यालमा एक बृद्धालाई बोक्सीको आरोपमा मानसिक यातना दिने तीन जना महिलालाई जिल्ला प्रहरी कार्यालय पाल्पाले नियन्त्रणमा लिएको छ । नवलपरासी त्रिवेणी गाउँपालिका ३ की १६ वर्षीय तमसरी सिंजाली, नवलपरासी मध्यविन्दु नगरपालिका १४ की १८ वर्षीय गीता कामुलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
पिडित वृद्वाले शनिबार प्रहरीमा उजुरी दिएकी थिइन् । उजुरीका आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरी मुद्दा दर्ता गरेको हो । विश्वासी धर्मका समर्थक बताउने उनीहरुले वृद्वा महिला माथि बोक्सीको आरोप लगाउदै चरम मानसिक यातना दिएका थिए । वृद्ध महिलालाई बोक्सी भएकोे भन्दै उनीहरुले वृद्वा महिला आरोप लगाएका हुन् । आफुहरुलाई इसाई धर्मका सर्मथक हुँ भन्दै उनीहरुले ती वृद्वा माथि बोक्सी भएको स्वीकार गर्न दवाव समेत दिएको स्थानीयले वताएका छन ।