वन्दको प्रभाव पाल्पामा पनि


पाल्पा ।
सडक कलकारखाना, उद्योगधन्दा सवै ठप्प, मानिसको चहलपहल पनि निकै कम, कार्यालयमा पनि मानिसहरु छैनन, यातायात वन्दछ । यी सवै मंगलवार पाल्पाको जिल्ला सदरमुकाम तानसेन र आसपासमा देखिएको दृश्य हो ।
नेकपा माओवादी विप्लप गरेको नेपाल बन्दको प्रभाव पाल्पामा पनि परेको छ । बन्दको कारण पाल्पाको बजार कलकारखाना, उद्योग धन्दा पुर्ण रुपमा बन्द रहेका छ । सडकमा सवारी साधनहरु गुडेका छैनन । विद्यालय, कलेजहरु समेत पुर्ण रुपमा बन्द रहेका छन् । पाल्पा बसपार्कबाट छुट्ने लामो तथा छोटो दुरीका कुनै पनि सार्वजनिक सवारी साधन संचालन भएका छैन । केही यात्रुहरु भने सवारी साधनको प्रतिक्षामा सवारी साधन कुरिरहेका देखिन्थे । जिल्लामा रहेका श्रीनगर यातायात व्यवसायी समिति र पश्चिम नेपाल बस व्यवसायी समितिको टिकट काउण्टर बन्द गरिएको छ ।
यातायात बन्दको कारण दैनिक उपभोग्य बस्तु तरकारी दुध समेत गाउँ गाउँबाट बजारमा आएका छैन । बन्दको कारण कतै अप्रिय घटना नघटोस् भनी तानसेनका चोक चोक तथा गल्ली गल्लीमा प्रहरी सशस्त्र प्रहरी परिचालन गरिएको छ । एसईई को मौका परिक्षा दिने विद्यार्थीहरुलाई समेत यातायातका सवारी साधन नचल्दा टाढा टाढा बाटा आउने परिक्षार्थीका लागि समस्या भएको छ । बन्द सफल बनाउन भन्दै सोमवार साझ जिल्लामा माओवादी कार्यकर्ताहरुले मसाल जुलुस समेत निकालेका थिए । वन्दको क्रममा कुनै अप्रिय घटना भने नभएको प्रशासनले जनाएको छ ।