शंकास्पद बस्तु फेला


इलाम ।
मेची राजमार्ग अन्तरगत इलामको सूर्योदय नगरपालिका स्थित फिक्कलमा मंगलबार दिउँसो शंकास्पद बस्तु फेला परेको छ । फिक्कलस्थित पेट्रोल पम्प नजिकै सडकमा शंकास्पद वस्तु फेला परेको हो । सडक बीचमा तार सहितको शंकास्पद बस्तु भेटीएको हो ।

शंकास्पद वस्तु फेला परेपछि प्रहरी घटनास्थलमा पुगेको थियो । फिक्कल प्रहरी चौकिका प्रहरी नायब निरीक्षक शम्भु बस्नेतले त्रास फैलाउनका लागि कसैले प्लाष्टिकको पोकामा तार बाँधेर बम जस्तो बनाएर फ्याँकेको पाइएको जानकारी गराए । बम भएको शंका गरीएपनि बम नभएको प्रहरीले स्पष्ट पारेको छ । मंगलबार बिप्लव माओबादीको बन्द भएकोले उसका कार्यकर्ताले मानिसलाई त्रास देखाउन त्यसो गरेको हुनसक्ने प्रहरीको भनाई छ ।