काँग्रेसको प्रदेश सचेतकमा राई नियुक्त


विराटनगर ।
नेपाली काँग्रेस प्रदेश नं १ को सचेतकमा प्रदेशसभा सदस्य सूर्यमाराज राई नियुक्त भएको छ । प्रदेश नं १ संसदीय दलका नेता राजीव कोइरालाले राईलाई सचेतकमा आज नियुक्त गर्नुभएको हो । राई मोरङ क्षेत्र नं ३ ९क० बाट प्रत्यक्ष निर्वाचित हुनुभएको हो ।

नवनियुक्त सचेतक राईले प्रदेशसभामा सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताउदै आफूले यो नियुक्तिलाई ठूलो अवसरका रुपमा लिएको धारणा व्यक्त गर्नुभयो ।
रासस