भारतको धौलीगंगा बाधँ खोलियो, २९४ क्युसेक पानी महाकालीमा थपियो


विनोद सिंह विष्ट, बैतडी ।
भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा अवस्थित धौलीगंगा जलविद्युत परियोजनाको बाँध खोलिएको छ । परियोजनाले आज बिहान ७ बजदेखि बाधँमा पानीको मात्रा बढेको र नियमित सरसफाइ गर्नुपर्ने भन्दै बाँध खुला गरेको जानकारी आएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यले जानकारी दिए । “परियोजनाको दुईवटा ढोका खोलेर २९४ क्युसेक पानी छोडेको खबर छ” उनले भने “एउटा ढोकाबाट १४२ क्युसेक र अर्को ढोकावाट ५२ क्युसिक पानी छोडिएको जानकारीमा आएको छ ”
यसअघि आईतवार नै भारतीय पक्षले मंगलवार विहान ९ बजेसम्मका लागी आज बिहान बाँध खोलिने भनेर पुर्व जानकारी नेपाली प्रसासनलाई गराएको थियो । बाँधको पानी खोलिदा महाकाली नदीको बहाव घटबढ भईरहेको बताईएको छ । दार्चुलाको दत्तुमा विहान १० बजे मापन गरिएअनुसार महाकाली नदीको सतह ४.६ मिटर रहेको थियो भने दिउँँसो १ बजे सतह घटेर ३.६ मिटर क्युसेक भएको प्रमुख जिल्ला अधिकारी आचार्यले बताए ।
बाधँको पानी खोलिदा महाकाली नदी तटिय क्षेत्रमा जोखीम बढ्ने भएकोले सतर्कता अपनाएर सुरक्षित स्थानमा बस्न जिल्ला प्रशासन कार्यालय दार्चुलाले आग्रह गरेको छ ।
बाँधबाट बढी मात्रामा पानी छोडिँदा महाकाली नदीमा बाढी आउने खतरा हुन्छ । दार्चुलादेखी बैतडी, डडेल्धुरा, कञ्चनपुर भएर भारततीर बग्ने महाकालीमा पानीको बहाब र सतह बढ्नसक्ने भएका कारण नदी छेउछाउमा नजान र सतर्कता अपनाइराख्न नेपाल र भारतका स्थानीय प्रशासनले अनुरोध गरेका छन् ।
पछिल्लो समय भारतीय प्रशासनले बाँध खोल्ने समयबारे जानकारी गराउन थालेपछि पूर्वसतर्कता अपनाउन सजिलो भएको दार्चुलामा प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक नबराज अधिकारीले बताए । २८० मेगावाट बिद्युत क्षमताको धौलीगंगा बाधँ यस वर्षमात्रै चारपटक खोलिएको छ । यसअघि धौलीगंगा जलबिद्युत परियोजना छिरकिल्ला बाधँमा पानीको मात्रा अत्याधिक भएको कारणले साउन १२ गते पनि बाँधको ढोका खोलिएका थिए । वि स २०७० सालमा धौलीगंगाकै बाँधका कारण दार्चुला सरमुकाममा अर्बौको क्षती गरेको थियो ।