अख्तियारका कार्यबाहक प्रमुख आयूक्त घिमिरेलाई मातृ शोक


नेपाल समाचारपत्र, काठमाडौँ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कार्यबाहक प्रमुख आयूक्त नविन कुमार घिमिरेलाई मातृ शोक परेको छ ।
घिमिरेकी ८६ वर्षिय आमा भीमाकुमारी घिमिरेको उपचारको क्रममा सोमबार साँझ धापासीको ग्राण्डी अस्पतालमा निधन भएको हो ।
लामो समयदेखि स्वाश प्रश्वास सम्बन्धी रोगी उहाँलाइृ पछिल्लो समय मुटु, मृगौला लगायतका शरिरका अन्य भागमा स्वस्थ समस्या देखिएपछि १२ दिन देखि अस्पतालमा सघन उपचार कक्षमा उपचार गराईरहेको थियो ।
उहाँको आजै अन्तेष्टि गरिने परिवार स्रोतले जनाएको छ । उहाँका ३ भार्इ छोरा र ३ बहिनी छारी रहेका थिए जसमध्ये अख्तियारका कार्यबाहक प्रमुख आयूक्त घिमिरे माईलो छोरा रहनुभएको छ ।