३६ पुरिया खैरो हिरोइनसहित एक जना पक्राउ


सीताराम चौधरी, कपिलवस्तु ।
लागू औषध खैरो हिरोइनसहित कपिलवस्तुमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको बुद्धभूमि नगरपालिका २, शिवशक्ति टोल (गोरुसिंगे) बस्ने वर्ष २८ का राम बहादुर वि.क. रहेका छन् ।
शंकास्पद अवस्थामा फेला परेका वि.क.को शरीर तलासी गर्दा ३६ पुरिया (१.०८ ग्राम) खैरो हिरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक मनोज कुमार यादवले जानकारी दिनुभयो । वि.क.ले निलो जिन्स पाइटको अगाडिको बायाँ खल्तीमा कालो प्लाष्टिकको पोकामा पत्रिकाको कागजमा पुरिया बनाई राखेको फेला परेको प्रहरी उपरीक्षक यादवले बताउनुभयो ।
पक्राउ परेका वि.क.लाई लागू औषध नियन्त्रण ऐन २०३३ अन्तर्गत जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।