चौरजहारीको अज्ञात रोग देखिएको क्षेत्रमा स्वास्थ्यकर्मीको टोली पुग्यो


धनवीर दाहाल, रुकुम ।
रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नं १२ र १३ मा देखिएको अज्ञात रोगका कारण एक जनाको मृत्यु भएको र ८ जना बिरामी भएको समाचार नेपाल टेलिभिजनमा र न्युजअफ आइतबार प्रशारण, प्रकाशन भएपछि चौरजहारी नगरपालिका स्वास्थ्य शाखाबाट स्वास्थ्यकर्मीको टोली सो क्षेत्रमा पुगेको छ । चौरजहारी नगरपालिकाको सबैभन्दा दुर्गम नेप्टेकाँडा, दमदमे र नाख्लामा स्वास्थ्यकर्मीको टोली पुगेर स्वास्थ्य परिक्षण गरेको टोली प्रमुख जनस्वास्थ्य निरिक्षक अकबिर घर्तीले बताउनुभयो ।

एक्कासी रिङ्गटा लाग्ने , वान्ता हुने , छटपटी हुने र रक्तचाप घट्न गई बेहोसी हुने लक्षणहरु देखापरेको कारण स्थानीयमा त्रास पैदा भएपछि केही दिन सोही क्षेत्रमा बसेर स्वास्थ्य कक्षा समेत संचालन गरिने उहाँले बताउनुभयो । सोही लक्षणका कारण वडा नम्बर १३ कि हिनिसा डाँगीको समेत ज्यान गइसकेको हुँदा स्थानीयमा मानसिक त्रास भएकोले स्वास्थ्यकर्मीको टोली केही दिन बस्ने टोलीमा सहभागी ज्ञानु गौतमले बताउनुभयो । बृद्धबृद्धा देखी वालवालिका सम्मलाई सो लक्षण देखा परेको थियो । बिरामीहरुलाई सञ्चो भइसकेको र आफुहरुको निगरानीमै रहेको चौरजहारी नगरपालिका स्वास्थ्य सहसंयोजक डण्डप्रसाद शर्माले बताउनुभयो । उनीहरुलाई सिजनल भाइरल हुन सक्ने अनुमान स्वास्थ्यकर्मीहरुले गरेका छन् ।