पानीको बहाव बढेपछि गिरीटोल डुवानमा


कञ्चनपुर ।
गरातिदेखि परेको अबिरल वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढेपछि पश्चिमी सीमानाका गड्डाचौकी नजिकैको शारदा व्यारेजको पुलमा चार पाङग्रे सवारी साधनको अवागमन सोमबार पनि ठप्प रहेको छ ।

महाकाली नदीमा पानीको बहाव बढेसँगै कञ्चनपुरको भीमदत्त नगरपालिकाको महाकाली नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ ।

त्यस्तै, महाकाली नगरपालिका १० गिरीटोलमा पानी पस्दा त्यहाँ रहेको मानिस, पशुचौपाया र अन्य सरसमान सार्ने काम भैरहेको जानकारी प्राप्त भएको छ ।

महाकाली नदी मिसिने ठाउँमा पानीको मात्रा बढेसंगै त्यहाँ नजिकै रहेको गिरी टोलमा पानी पसेको हो ।