जीप दुर्घटनाग्रस्त हुदा एक बालिकाको मृत्यु


महेश न्यौपाने, रोल्पा ।
रोल्पा सदरमुकाम लिवाङवाट घोराही तर्फ जाँदै गरेको लु. १ च ९४९४ नम्वरको यात्रुवाहक जीप दुरघटना हुदा एक बालिकाको मृत्यु भएको छ।
रुन्टीगढी गाउपालिका १ विसुनधारामा भएको उक्त दरघटनामा परि रोल्पा रुन्टीगढी गाउँपालिका ९ का सुदिप कार्कीको ४ वर्षिया छोरी ऋतु कार्की भएको प्रहरीले वताएको छ । वालिकाको दुरघटनाग्रस्त जीपमा च्यापिएर मृत्यु भएको वताईको छ । सडक वाट ३० मिटर तल खसेको उक्त जीपमा १२÷१५ जना सवार रहेको प्रहरीले वताएको छ । दुरघटनामा परि सामान्य घाईते भएकाहरुलाई प्राथमिक स्वास्थ्य केन्द्र होलेरीमा उपचार गरिएको थियो ।
जीपका चालक विशाल थापालाई नियन्त्रणमा लिई आवश्यक कानूनी कारवाहीको प्रकृया अगाडी वढाइएको ईलाका प्रहरी कार्यालय होलेरीका प्रहरी निरिक्षक सुरेन्द्र धमालाले जानकारी दिए ।