दोहोरो अङ्कले बढ्यो शेयर बजार


काठमाडौँ ।
लगातार घट्दै आएको शेयर बजार आज भने दोहोरो अङ्कले बढेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १०।४३ विन्दुले उकालो लागेर एक हजार १७४।३७ विन्दुमा पुगेको छ । यस्तै क वर्गका कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक २।२४ विन्दुले बढेर २४७।९४ बिन्दुमा पुगेको छ ।
आज कूल १५७ कम्पनीको पाँच लाख ३३ हजार ४९२ कित्ता शेयर रु १६ करोड ९६ लाख ६१ हजार ४३१ मा खरिद बिक्री भएको छ । आज होटल उपसमूहबाहेक अरु सबै उपसमूहको शेयर भने बढेको छ । होटल समूह २।५ विन्दुले घट्दा बैंकिङ ७।५४, विकास बैंक १६।२२, जलविद्युत् ३।९८, वित्त २।३६, निर्जीवन बीमा ७५।५५, उत्पादन ४।५७, अन्य ६।९७, माइक्रोफाइनान्स १५।०२ र जीवन बीमा ११०।८५ विन्दुले बढेको छ ।
आज आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् भने सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् ।
रासस