पहिरोले थुनिदै बुढिगंगा नदी


दयाराम पण्डित, बाजुरा ।
बाजुराको बुढिगंगा नगरपालिका र त्रिबेणी नगरपालिका बिचमा रहेको द्धवारीमा बुढिगंगा नदी थुनिने खतरा बढेको छ । लगातार बर्षातका कारणले त्रिबेणी नगरपालिका ९ पैंमागाँउ तल बाट पहिरा झर्न शुरु भएपछि नदी थुनिने खतरामा बडेको हो ।
एक हप्ता देखि लगातार पहिरो बग्न थाले पछि द्धवारीमा बुढिगंगा नदि थुनिन खतरामा रहेको स्थानीय भानुभक्त पाध्यायले वताउनुभयो । नदीको दुईतिहाई भाग थुनिएको एक भाँगबाट मात्र बग्न शुरु रहेको स्थानीयले वताए । लगातार पहिरो बढदै गएपछि र ठुला ढुङ्गा बिचमा आएर अडकिएपछि जतिबेला पनि नदि थुनिन सक्ने खतरा रहेको छ । नदी थुनिने जोखिम बढेपछि सेना, प्रहरीलाई समेत तयारीमा राख्नु पर्ने माग स्थानीयले गरेका छन र स्थानीयलाई समेत सचेत गराइएको जिल्लाका सुरक्षा अधिकारीहरुले वताएका छन् ।

पैमा गाँउ बाट लगातार पहिरो खसिरहेको छ, नदि एक छेउतिर गएपछि यता बुढिगंगा नगरपालिका १ अम्कोटको तल बाट पहिरो बग्न शुरु भएको स्थानीय नविन थापाले वताएका छन् । नदि थुनिने खतरा सँग नजिकै रहेको खेतियोग्य जमिन, झुलंगे पुल र साँफे मार्तडी सड्क खण्ड पनि उच्च जोखिममा रहेका छन् । नदि थुनिने खतरा सँगै अछाम जिल्लामा पनि उच्च सर्तकता अपनाएको छ । प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आर्चायका अनुसार अछाम बाट शसस्त्र प्रहरीको डिएपिको नेतृत्वमा स्थलमा पुगेर वास्तबिक अध्ययन गरेर आएको वताए । नदि जतिबेला पनि थुनिने सक्ने भएकाले स्थानिय २ जनालाई नियमित सम्पर्कमा राखेको उनले वताएका छन् ।

बिगत एक पांच वर्ष यता पैंमा गाउा तल पहिरो जानथाले पछि जोखिम वड्दै गएको स्थानीय भानुुभक्त पाध्यायले बताउनुुभयो ।
नदि थुनिने खतरा सँगै त्यहाँ नजिक आवतजावत बन्द गरिएको छ भने झुलंगे पुलमा समेत आवतजावत बन्द गरिएको छ । द्धवारी बाट पैमा गाँउमा जाने बाटो समेत बन्द भएको त्रिबेणी नगरपालिका नगरप्रमुख राम सिं रावलले वताएका छन् । नदि थुनिने खतरा सँगै बाजुराको ताप्रिसेरा, अछामको बुढाबगर, साँफेबगर लगायत ठाँउ जोखिममा रहेका छन् ।