मालमोत कार्यालय नुवाकोटमा अनलाईन सेवा सुरु


नुवाकोट ।
सेवाग्राहीलाई छिटो छरितो र पारदर्शी ढंगबाट उत्कृष्ठ सेवा दिने उदेश्यले जिल्ला मालमोत कार्यालय नुवाकोटमा आइतबारबाट अनलाईन मार्फत सेवा शुरु भएको छ ।

कार्यलयमा अनलाईन मार्फत सेवा शुरु भएसँगै जग्गा ब्यबस्थापन तथा किनबेचका कामहरुमा हुने गरेका त्रुटीहरुको न्यूनिकरण हुने सरोकारवालहरुले बताएका छन् । अनलाईन सेवा उद्घाटन गर्दै जिल्ला समन्वयन समिती नुवाकोटका प्रमुख सन्तमान तामाङले भूमि ब्यबस्था कार्यमा हुने गरेको अनियमितता अन्त्य हुने विश्वास लिएको बताउनुभयो । जिसस प्रमुख तामाङले भूमिका कारण बर्षौ देखि पुस्तौपुस्तासम्म मुद्धा खेपिरहेका र सर्बस्व सम्पति गुमाएका अबस्थामा अनलाईन सेवाले सरलीकृत रुपमा बास्तबिक जग्गाधानीको पहिचान गरी सहज रुपमा जग्गा भोक चलन गर्न प्रभाबकारी हुने बताए । तामाङले प्रबिधिको प्रयोग मार्फत गरिएको काम केही हदसम्म त्रुटि रहित हुने र प्रबिधिको सकारात्मक प्रयोगले स्थानीय तहमा सुशाासन कायम राख्न मद्धत गर्ने भन्दै नुवाकोटका सबै स्थानयि तहमा सञ्चालित कार्यालयले अनलाईन सेवा सुचारु गर्न आबश्यक रहेको बताए ।

कार्यक्रममा नुवाकोटका प्रमुख जिल्ला अधिकारी उद्धबबहादुर थापाले व्यत्ति, विधि र प्रविधिले सर्तकर्ता अपनाए आफै शुािसन कायम हुने बताउनुभयो । भूमि ब्यबस्थापन तथा नाप, अभिलेख , किनबेचमा बिचौलियाहरु बढी हाबी हुने गरेको भन्दै प्रजिअ थापाले गरिब सर्बसाधारणलाई ठगी गर्दै हिड्ने त्यस्ता बिचौलीहरुको अन्त्य गर्न अनलाईन सेवा महत्वपूर्ण सावित हुने बताउनुभयो । प्रजिअ थापाले ब्यक्तिले अनाधिकृत रुपमा गलत ढंगले भूमि ब्यबस्थापनको नाममा राजश्व असुली गर्दै आएको कार्यलाई अन्त्य गर्न र जनतालाई चुस्त दुरुस्त सेवा प्रदान गर्न पहिलो खुड्किलोको रुपमा अनलाईन सेवा रहेको बताए ।

कार्यक्रममा भुमि सुधार तथा अभिलेख ब्यबस्थापन बिभागका महा निर्देशक मुक्ति आचार्यले नुवाकोट दसहित २८ ओटा मालपोत कार्यालयमा अनलाईन सेवा बिस्तार भैसकेको बताउनुभएको छ । उनले आगामि दिनमा सबै स्थानिय तहमा अनलाईन मार्फत सेवा प्रबाह गर्ने बताए । कार्यालयको अनलाईन सेवा शुभारम्भ कार्यक्रममा बोल्दै कार्यालयका प्रमुख बुद्धिलाल श्रेष्ठले आगमी दिनमा अनलाई सेवा मार्फत आम सर्बसाधारणलाई पारदर्शी ढंगबाट छरितो सेवा दिन आफुहरु प्रतिबद्ध रहेको बताए । त्यस्तै नापी कार्यलयका प्रमुख दशरथराज पोखरेलले अनलाइन सेवाले सेवाग्राही र सेवा प्रभावित दुबैलाई सहयोग गर्ने बताए ।

कार्यक्रममा विदुर नगरपालिका वडा नं ४ का वडाअध्यक्ष टलकमान श्रेष्ठले अनलाइन सेवाले कार्यलयमा हुने गरेको विकृति अन्त्य हुने विश्वास व्यत्त गरे । लेखापढि व्यवसायी संघ नुवाकोटका अध्यक्ष दिपक अधिकारीले लेखापढि कार्यलयले अनलाइन सेवा शुरु गरेकोले अब व्यवसायी समेत प्रविधिमा दक्ष हुनपर्ने बताए । कार्यक्रममा मालपोत कार्यलयका मालपोत अधिकृत इश्वरमान श्रेष्ठले अनलाइन सेवा मालपोत कार्यलयमा नौलो नभएपनि सेवाग्राही र कर्मचारी प्रविधिमैत्री हुन केही समय लाग्ने बताए । कार्यलयले अनलाइन सेवा आइतबारबाट शुर गरेपनि सेवाग्राही र कर्मचारी प्रविधिमैत्री नभएसम्म अनलाइन र परानो हस्तलिखित पक्रिया दुबैबाट सेवा दिने जिल्ला मालपोत कार्यलयले जनाएको छ ।