जिल्ला कारागार झापाबाट कैदी फरार


भद्रपुर ।
जिल्ला कारागार झापाबाट गौरादह नगरपालिका–८ जुरोपानीका २४ वर्षीय उमेश माझी फरार भएका छन् । गत २०७१ साल असार ७ गतेदेखि जबर्जस्तीकरणी र कर्तव्य ज्यान मुद्दामा सजाय भुक्तान गरिरहेका माझी आइतबार अपराह्न फरार भएको कारागार प्रमुख यज्ञराज निरौलाले बताउनुभयो ।

उहाँका अनुसार अपराह्न ३ बजेसम्म माझी कारागारमै रहेकोे सिसी क्यामेराले देखिएको थियो । आइतबार साँझदेखि फरार माझीको खोजीमा प्रहरी परिचालन गरिएको छ ।
रासस