लापरवाही गर्ने १ सय ५० निर्माण कम्पनी कारवाहीमा


सरोज यादव, विराटनगर ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुविर महासेठले यातायात क्षेत्रको अस्तव्यस्त अन्त्य गर्न सरकार अगाडि बढेको बताएका छन । विराटनगरमा आज संचारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै मन्त्री महासेठले यातायात क्षेत्रको अस्तव्यस्तता अन्त्य गर्न कतिपय ठाउँमा सर्वोच्च अदालतको आदेश पनि जिम्मेवार रहेको बताउनु भयो ।

सडक निर्माणका क्रममा ठेकेदार कम्पनीहरुले गरेको ढिलाई पनि अब अन्त्य हुने उनको भनाय छ । निर्माणमा ढिलाई गर्ने देशभरका एकसय ५० भन्दा बढी निर्माण कम्पनीलाई कारबाही गरिसकिएको र केहीलाई अन्तिम चेतावनी दिएको जानकारी दिँदै मन्त्री महासेठले अन्तिम समय उपलब्ध गराउँदा पनि निर्माण नसके कारबाही प्रक्रिया अगाडि बढाउने बताए । यातायात क्षेत्रको सिण्डिकेट अन्त्य गर्ने तथा ठेकेदार कम्पनीलाई कारबाही गर्ने विषयमा गृहमन्त्रीसँग आफ्नो कुनै मनमुटाव नभएको पनि उनले बताए ।