यूराशिया रेयूकाई नेपालको आयोजनामा राष्ट्रव्यापी खुल्ला रक्तदानकार्यक्रम सम्पन्न


नेपाल समाचारपत्र, काठमाडौं ।
यूराशिया रेयूकाई नेपालको आयोजनामा राष्ट्रव्यापी खुल्ला रक्तदानकार्यक्रम सम्पन्न भयो । यूराशिया रेयूकाई नेपालको मुख्यकार्यालय सानेपामा आयोजित राष्ट्रव्यापी खुल्ला रक्तदान कार्यक्रमको मुख्य समारोहको प्रमुख अतिथि स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्र कुमार यादवले रक्तदान गर्नुभई कार्यक्रमको उद्घाटन गर्नु भएको थियो ।
कार्यक्रममा मनतब्य दिँदै प्रमुख अतिथि यादवले समाजविकासमा यूराशिया रेयूकाई नेपालको भूमिका सह्रानीय रहेको कुरा व्यतक्तगर्नु भयो ।
समारोहका विशिष्ठ अतिथि समाज कल्याण परिषद्का उपाध्यक्ष निलमणी बरालले यूराशिया रेयूकाई नेपाल विगत ४२ वर्ष देखी समाज विकासमा निरन्तर क्रियाशिल रहेको कुरा व्यक्तगर्नु हुदै राष्ट्रव्यापी खुल्ला रक्तदान कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । सोही अवसरमा नेपाल रेडक्रस सोसाईटी कन्द्रीय रक्तसंचार सेवाका निर्देशक डा. मनिता राजकर्णीकारले रक्तदानको महत्व माथी प्रकाश पार्दै सहभागीहरुलाई उत्साह प्रदान गर्नुभयो ।
मुख्य समारोका सभापती एवं यूराशिया रेयूकाई नेपालका अध्यक्ष दीपक गजुरेलले प्रमूखअतिथि, विशिष्ठ अतिथि एंवअतिथिहरुलाई संस्थाको तर्फवाट मायाको चिनो प्रदानगर्नु हूदै देशका १३ स्थानमा सम्पन्न बृहत रक्तदान कार्यक्रमबाट ४ सय ६५ पिन्ट रगत संकलनभएको कुरा जानकारी गराउनु भयो । साथै भारी वर्षाको कारण टिकापुर क्षेत्रमा श्रावण २८ गते आयोजना भएको पनि जानकारी गराउनुभयो । पुष्कल गजुरेल संयोजक रहेको उक्त कार्यक्रममा स्थानिय संघ संस्था, अस्पताल, कलेज एव समाज सेवीहरुको सहभागीता रहेको महासचिव महेश्वर महर्जनले जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।