कांगे्रसलाई सुधार्न जरुरी छः भण्डारी


यमलाल भुसाल, बुटवल ।
नेपाली कांगे्रसका केन्द्रिय सदस्य शंकर भण्डारीले सरकार जिम्मेवार बन्न नसकेको बताउनु भएको छ ।
दुई तिहाई बहुमतको सरकार आफ्नै कारणले अगाडी बढ्न नसक्ने उहाँको दावी छ । रिपोर्टर्स क्लवले सोमबार बुटवलमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले सरकारले मुडभेडको अवस्था ल्याएको आरोप लगाउनु भयो । उहाँले जनतामाथि कर थोपरेर, सवोच्च अदालतमाथि हस्तक्षेप गरेर, महङी, भ्रष्टाचार, अराजकता निम्ताएर र प्रतिपक्षलाई अनावश्यक अप शब्दको भाषा बोलेर सरकारले मुडभेडको अवस्था सिर्जना गरेको दावी गर्नु भयो । सरकारकै कारण देशमा बैदेशिक हस्तक्षेप बढेको बताउंदै कांगे्रस स्थायी शान्ति र एकताको पक्षमा रहेको बताउनु भयो ।
सरकारलाई असफल गराउने कांगे्रसको चाहना नभएको उल्लेख गर्दै उहाँले सत्तापक्ष दलका नेता, सांसदहरु नै सरकारको बिरुद्वमा रहेको दावी समेत गर्नु भयोे । सरकारले जनतालाई कर थोपरेर जनतालाई कष्ट दिएको बताउंदै उहाँले भन्नु भयो सरकारको ध्यान कर उठाउनमा केन्द्रित छ ।
देशमा महङ्की, भ्रटाचार र अराजकता बढेकोप्रति सरकारको ध्यान जान नसकेको भन्दै उहाँले सरकारको आलोचना गर्नु भयो ।उहाँले पार्टी सभापति शेरबहादुर देउवा, रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाको भूमिकाले कांगे्रस कमजोर भएको बताउनु भयो । नेपाली कांगे्रसलाई सुधारन युवाहरुको भूमिका कमजोर भएकाले आन्तरिक गतिविधिहरु अगाडी बढ्न नसकेको बताउनु भयो ।