कराँते खेलाडी तेस्रो डानबाट दीक्षित


नेपाल समाचारपत्र
काठमाडौं
नेपाल गोजुकाई कराँते डो संघमा आबद्ध ७ खेलाडी तथा प्रशिक्षक तेस्रो डान (सान डान) बाट दीक्षित हुन सफल भएका छन्। यस्तै ७ जना दोस्रो डान (नि डान) र १७ जना पहिलो डान (सो डान) बाट दीक्षित भएका छन्।

प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले शनिबार एक कार्यक्रमबीच बेल्ट ग्रेड परीक्षामा सफलता हात पार्ने खेलाडी तथा प्रशिक्षकलाई गोजुकाईको जापान हेडक्वाटरबाट प्राप्त प्रमाणपत्र प्रदान गरे। तेस्रो डान प्राप्त गर्ने खेलाडी तथा प्रशिक्षकमा अच्युत उप्रेती, प्रेम थापा, दिनेश परियार, विमलप्रसाद थपलिया, चन्द्र खत्री, शान्ती लामा र जयप्रकाश राई रहेका छन्।

यस्तै दोस्रो डान (नि डान) बेल्ट टेस्ट परीक्षाबाट सफलता हात पार्न सफल ७ परीक्षार्थी तिलक गुरुङ, जितबहादुर पुलामी, सिर्जना दाहाल, पेम्बा शेर्पा, कैलाश राई, बालकुमारी थामी र सञ्जय तामाङ तथा बेल्ट परीक्षाबाट प्रथम डान (सो डान) हात पार्ने १७ परिक्षार्थी मनोज बुढाथोकी, थुप्तेन जिमी लामा, संगिता तामाङ, प्रतिक्षा थापामगर, बिन्दा राई, सुभाष तामाङ, विवेक थापा, भावना शाही, निशान्त रिजाल, अनिष श्रेष्ठ, बाबुलाल श्रेष्ठ, सुप्रिया कुँवर, रजिता केसी, प्रविन राना पियाली, अर्मन शाह, विशाल श्रेष्ठ र अर्नभ श्रेष्ठ रहेका छन्।