अध्यक्ष कर्मा स्वाफको सदस्य


काठमाडौं, (नेस)
अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पा साउथ वेस्ट एसियन फुटबल फेडेरेसन (स्वाफ) को सदस्यमा निर्वाचित भएका छन्।

साउदी अरबको जद्धाहमा अगस्ट १२ मा बसेको स्वाफको पहिलो बैठकले शेर्पालाई सदस्यमा निर्वाचित गरेको हो। स्वाफको अध्यक्षमा पश्चिम क्षेत्रबाट डक्टर एडेल वी मोहम्मद निर्वाचित भए। उपाध्यक्षमा दक्षिण क्षेत्रबाट मोहम्मद सावेदर अब्दुल्लाह अल जुजनैवी निर्वाचित भए। सदस्यमा महाफुजा अख्तर, अनुरा डी सिल्भा, अल्सिक अली कालिफा र फाहाद अल हमलान निर्वाचित भए। एक महिला सदस्यको पद भने रिक्त रहेको छ।

सदस्यमा निर्वाचित भएससँगै नेपालले अबे साउथ वेस्ट एसियन फुटबल फेडेरेसनमा आबद्दता जनाउनेछ। यसअघि नेपाल महादेशीयस्तरमा एसियन फुटबल फेडेरेसन (एएफसी) र साउथ एसियन फुटबल (साफ) मा आबद्ध रहेको थियो।