फोटोग्राफीमा स्पर्धा

0
Shares

काठमाडौँ फोटोग्राफर संघले हरेक वर्षजस्तै यस वर्ष पनि फोटोग्राफीको अवार्ड गर्ने भएको छ। संघले राजधानीमा आयोजित एक समारोहबिच केपिए वेडिङ फोटो अवार्ड २०१८ आयोजना गर्ने घोषणा गरेको छ।

संघका अध्यक्ष भगवती थापा मगरका अनुसार प्रतियोगितामा नेपालका सबै स्थानका फोटोग्राफरहरू सहभागी हुन सक्नेछन्। उनका अनुसार तोकिएको संकलन केन्द्र वा काठमाडौं संघको वेबसाइट केपिए डट ओआरजी डट एनपीबाट आवेदन फाराम डाउनलोड फाराम भरेर सोही संकलन केन्द्र वा संघको इमेलमा पठाउन सकिनेछ। फोटोहरू वैवाहिक समारोहमा खिचिएको र सांस्कृतिक भाव झल्किने खालको हुनुपर्ने उनले बताए।

संघका सचिव तथा अवार्डका संयोजक जीवन काप्mलेका अनुसार बैबाहिक फोटोहरूको यो प्रतियोगिताका लागि साउन २५ गतेबाट आवेदन खुला गरिएको छ र भाद्र २३ गते साँझ ५ बजेसम्म आफुले खिचेका तस्वीर पठाइसक्नु पर्नेछ। इच्छुक फोटोग्राफरले बढिमा २ वटासम्म फोटोग्राफ समावेश गर्न पाउनेछन्।

फोटोग्राफी व्यवसायीहरूको हकहित संरक्षण, स्तर अभिवृद्धि तथा फोटोग्राफरहरूलाई दक्ष एवं अब्बल प्रतिस्पर्धी बनाउने उद्येश्यले हरेक वर्ष यो प्रतियोगिता आयोजना गरिँदै आएको संघका अध्यक्ष थापाले बताए। छैटौं संस्करणको यो प्रतियोगिताका विजयीहरूलाई यस वर्ष पनि पुरस्कारको ब्यवस्था गरिएको छ। संघका अध्यक्ष थापाका अनुसार आगामी असोज १ गते राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा हुने एक समारोहका बिच उत्कृष्ट ३ विजेताहरूलाई क्यानन ब्रान्डका डिएसएलआर क्यामेरा तथा अवार्ड प्रदान गरिनेछ। साथै अन्य उत्कृष्ट २० प्रतियोगीलाई आकर्षक पुरस्कार तथा प्रमाण–पत्र
प्रदान गरिनेछ।