झापा कारागारबाट कैदी फरार


भद्रपुर ।
कर्तव्य ज्यान मुद्दामा जन्म कैद भोग्दै आएका एक व्यक्ति दिउँसै कारागारबाट फरार भएका छन् । झापा गौरादह नगरपालिका ८ का अन्दाजी २४ वर्षिय उमेश माझी फरार भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
तात्कालिन जुरोपानी गाविसकी अन्दाजी १४ वर्षिया बालिका करणी गरेर मारेको अभियोगमा ०७१ असार ५ मा गारागार चलान भएको प्रहरीले जनाएको छ । कारागारमा रहेर बिजुली मर्मतको काम गर्दै आएका माझी आइतबार दिउँसो भरयाङ्को सहायताले कारागारको पर्खालमा तानिएको बिजुली मर्मत गरेका थिए । काम सकेर भरयाङ् नओरालेका कारण मौका छोपेर फरार भएको जिल्लाका प्रहरी प्रवक्ता जितेन्द्र कुमार बस्नेतले बताए । काम सकेपछि उसलाइ याद गर्नु पर्नेमा विश्वास गरेका कारण भाग्न सफल भएको डिएसपी बस्नेतले जनाए । सई विदामा बसेको समयमा असइको कमाण्डमा कारागार रहदै आएको उनको भनाइ छ । घट्नापछि माझीको खोजी कार्य तीब्र पारिएकोले फेला पार्न सकिने उनले जानकारी दिए ।